इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भोजपुरको च्याङ्ग्रेमा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भोजपुरको च्याङ्ग्रे–१ पौवादुङ्गामा एक्सटेन्सर काउन्टर सञ्चालनमा ल्याएको छ । स्थानीयको मागअनुसार दुर्गममा शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको यो १५औं एक्सटेन्सन काउन्टर हो । दुर्गममा वित्तीय पहुँच विस्तारका साथै वित्तीय साक्षरताका लागि सहयोग पुर्याउनु यसको उद्देश्य रहेको भन्दै बैंकले यसको प्रभावकारी सञ्चालनले सम्वन्धित क्षेत्रका जनतालाई धेरै राहत मिल्ने बताएको छ ।

इन्भेष्टमेन्ट बैंकले हालै जेभिल्स फाइनान्सलाई भागेको थियो । बैंकको हालसम्म ८२ शाखा, १२० एटीएम, १० राजश्व संकलन केन्द्र, ५४ शाखारहित बैकिङ पुगिसकेको छ ।

Advertisement

Advertisement

Advertisement