लगानीकर्ताका संगठनहरुको निष्कर्ष– अर्थमन्त्रीको गलत नीतिले सेयर बजारमा भारी गिरावट आयो

Advertisement

काठमाडौं । लगानीकर्ताहरुको विभिन्न संगठनहरुले सरकारको गलत नीतिका कारण पुँजीबजारमा भारी गिरावट आएको निष्कर्ष निकालेको छ ।

लगानीकर्ताका चार संगठनहरु नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल सेयर लगानीकर्ता दबाब समूह र नेपाल पुँजीबजार संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारमा गिरावट आउनुमा सरकारको गलत नीति नै प्रभुख कारण भएको बताएका छन् ।

पछिल्ला दिनमा सेयर बजारमा उच्च दरको गिरावट देखिएको बेला उनीहरुले दुईतिहाई बहुमतको सरकारका अर्थमन्त्रीबाट पुँजीबजारप्रति देखाएको उदासिनता र अभिव्यक्तिले आज समग्र बजार करिव ४० प्रतिशत संकुचन आएको भन्दै यस समस्याको समाधानको लागि छलफल गर्न समय उपलब्ध गराउन प्रधानमन्त्रीलाई नै सार्वजनिकरुपमा समय माग गरेका छन् ।

लगानीकर्ताका संगठनहरुले बैंक तथा वित्तीय संस्थाहरुको अवस्था मजबुत भई राम्रो प्रतिफल दिइरहेको बेला धैर्यता राख्न र हतारमा सेयर नबेच्न पनि उनीहरुले आह्वान गरेका छन् ।

Advertisement

Advertisement

Advertisement