साझाको सबै सेवालाई गुणस्तरीयता ल्याउन मन्त्री अर्यालको आग्रह

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गरेकि छिन् । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकि हुन्।

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहराई मन्त्री अर्यालले आग्रह गरकि हुन् । ‘भएको सम्पत्तिको मोभिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौलाु, उनले भनिन्, ‘सेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।’

साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उनले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गरेकि हुन् । ‘तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस । अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्’ उनले भनीन, ‘सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस ।’

साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । तर अहिले समय फेरिएकाले विगतको जस्तो अवस्था नरहेपनि जति सकिन्छ त्यति गुणस्तरिय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन उनले आग्रह गरिन्।

समयअनुसार अहिलेको भूमिका अलिक फरक भएको भन्दै उनले संस्थाको प्रभावकारीता वृद्धि गरेर गुणस्तरीय वस्तु विक्रिवितरण गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । खानेकुरा सँगै सेवाप्रवाह पनि रहेको भन्दै ती सबै कुरामा शुद्धता ल्याउन आग्रह गरिन् । ‘बीचमा केही समस्या आयो भनेर तपाईहरु निराश नहुनुस । सरकार कानुन, सिस्टमबाट चलाउन हामी प्रयत्नरत छौ । राम्रो गर्नुपर्छ भन्ने हाम्रो सोचमा समानता छ । छलफलबाट राम्रो बनाउन, अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु’, मन्त्री अर्यालले भनिन् ।

तीन अर्ब पैसा उपलब्ध गराएर साझा यातायातलाई नयाँ ढंगले अगाडि बढाउन गइरहेको भन्दै मन्त्री अर्यालले जसको प्रक्रिया अगाडि बढेको जानकारी दिइन्।

अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म बिपरित रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृत्ति आएको बताइन् । तर त्यसलाई समयमै रोक्न सकिने बताइन् । सबै सहकारीले आफ्नो डेटा ‘कोपोमिस’ प्रणालीमा दर्ता गराउनुस भनेर सिस्टममा आउन आग्रह गरिएको उनले आग्रह गरिन् ।

सहकारीमा बचत गरेको रकम राखेर फाइदा नहुने भन्दै उनले त्यसलाई परिचालन गरेमा मात्रै फाइदा हुने बताईन् । 'सहकारीमा जम्मा गरेको पैसा पोको पारेर राखेर त्यसले फाइदा गर्दैन । त्यसलाई उत्पादनमा लगाएर फाइदा हुन्छ । शेयर सदस्यको हितमा काम गर्नुस्', उनले भनिन् ।

सहकारी संस्थामार्फत लगानीको निम्ति बाधक हुन्छ भनेपछि कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको समेत मन्त्री अर्यालले बताइन् । अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने सिस्टमको विकास गरिएको मन्त्री अर्यालले बताइन् । त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको उनलेले बताइन्।

Advertisement

Advertisement

Advertisement