कर्मचारी सञ्चय कोषले ५८औं बार्षिकोत्सव मनाउँदै भन्यो– वेतन कर्णाली हामी बनाउछौं

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषले मंगलबार आफ्नो स्थापनाको ५८औ वार्षिकोत्सव मनाएको छ । कोषको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले दीर्घकालिन सम्झौतित बचत गर्ने संस्थाको लगानी पूँजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । खतिवडाले कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमको लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ गरे ।

कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएसँगै आगामी दिनमा कोषको परम्पारागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न व्यवसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताए ।

कोषका प्रशासक तुलसी गौतमले कोष ५८ बर्षमा प्रवेश गरिरहँदा यसको गन्तव्यले नयाँ मोड लिएको बताए । उनले परम्परागत सञ्चय कोष प्रणालीलाई निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको बताए । कोषमा २५ वर्ष सेवा गर्ने दुई जना कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरियो ।

कोषले साउन १ पछि स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाए सँगै सञ्चालनको तयारी पुरा गरेको जनाएको छ । यसको लागि आवश्यक पर्ने संरचनागत, प्रक्रियागत एवं प्रणालीगत तयारी पूरा गरिइसकेको जनाएको छ ।

कोषमा हाल छ लाख सञ्चयकर्ताहरुको करिव तीन खर्ब ४५ अर्ब रुपियाँ रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायुसेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी वेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रक्रियाको शुरुवात गरेको छ ।

Advertisement

Advertisement

Advertisement