वायुसेवा सञ्चालकहरु भन्छन्– आज हामी खेतमा आकस्मिक होइन्, सुरक्षित अवतरण गरेको हो

Advertisement

काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार विभिन्न हेलिकप्टरहरु काठमाडौं आउँदा विभिन्न ठाउँमा अवतरण गरेको विषयमा मिडियामा ‘आकस्मिक अवतरण’ भनिएकोप्रति असहमति जनाएको छ ।

संघले यसलाई आकस्मिक नभई सुरक्षित अवतरण गरेको भन्दै विज्ञप्ति जारी गरेको छ । सोलुखुम्बुको लुक्ला, सुर्केलगायतका स्थानबाट विभिन्न हेलिकप्टर सेवा प्रदायकहरु काठमाडौं आउने मौसम प्रतिकुल हुँदा विभिन्न स्थानमा सुरक्षित अवतरण गरेको संघको तर्क छ ।

तर मिडियाहरुले आकस्मिक अवतरण भनेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघको भनाई छ । विज्ञप्तिमा भनिएको छ, ‘मौसमको प्रतिकुलताअनुसार हेलिकप्टरको उडान प्रक्रियामा सुरक्षित अवतरणको प्रक्रिया रहेको र मौसमको प्रतिकुलतामा आज भएका सम्पूर्ण उडान तथा अवतरणहरु हेलिकप्टरहरुको सुरक्षित सञ्चालनअन्तर्गतकै प्रक्रियाअनुसार रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’

यात्रामा रहेका यात्रु तथा हेलिकप्टरको सुरक्षाका लागि सुरक्षित अवतरणमा पाइलटले कुशलता देखाएको भन्दै संघले आजको उडान र अवतरण हेलिकप्टरको सामान्य प्रक्रिया भएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement