एनसेलले ल्यायो ‘मेरो प्लान’, आकर्षक डेटा सेवाको मजा लिन सकिने

Advertisement

काठमाडौं । एनसेलले अब आफ्ना ग्राहकले कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने बताएको छ ।

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यही असोज १ गतेदेखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिए पछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विशेषरुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले करसहित २५४ रुपियाँ १० पैसामा १ जिबी डेटा भोल्युम र करसहित मात्र एक रुपियाँ २८ पैसाप्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले करसहित मात्र ८९ रुपियाँ ३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र १२७ रुपियाँ ६९ पैसामा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहककालागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६३७ रुपियाँ १७ पैसामा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र १ रुपियाँ २ पैसाप्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक १९१ रुपियाँ ५४ पैसामा खरिद गर्न सक्नेछन् ।

त्यस्तै, प्लान ७९९ अन्तर्गत एक हजार २० रुपियाँ २४ पैसामा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३ रुपियाँ ७ पैसामा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले मात्र एक हजार २७५ रुपियाँ ६२ पैसामा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१० रुपियाँ ७६ पैसामा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुने कम्पनीले जनाएको छ । पाँचमध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित मात्र ६४ पैसामा एनसेल नेटवर्कभित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन् ।

आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङसहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धताबमोजिम मेरो प्लान ल्याईएको एनसेलको भनाई छ ।

यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नवीकरण हुनेछ । प्लान नवीकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनुपर्दछ । मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट करसहित दुई रुपियाँ ५४ पैसा र एसएमएस सेवा करसहित प्रति एसएमएस एक रुपियाँ २८ पैसामा प्रयोग गर्न सक्नेछन् । यो योजना लागु भएको दिनदेखि ३ महिनाको लागि मान्य हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement