एनआईसी एशिया बैंककोे कार्ड आजबाट सबै एटीएम तथा पीओएस मेशिनमा चल्न सुरु

Advertisement

काठमाडौं । चिनियाँ ह्याकरहरुले सिस्टम ह्याक गरी नेपाली बैंकहरुबाट पैसा चोरेसँगै रोकिएको एटीएम तथा पीओएस सेवा एनआईसी एसिया बैंकले बुधबारबाट सुचारु गरेको छ ।

बैंकले प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही गत भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा असोज १ बाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका प्वाइन्ट अफ सेल्समा समेत चल्ने व्यवस्था मिलाईएको जनाएको छ ।

एनआईसी एसियाको मुलुकभर २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement