पहिराले अरनिको राजमार्ग ठप्प

Advertisement

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ, उनले भने, धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए । अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।

उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।

Advertisement

Advertisement

Advertisement