मलेसिया जाने कामदारको मेडिकल शुल्क बढ्यो

Advertisement

काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कको भार केही बढ्ने भएको छ । दुई देशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सयका अलावा मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय लाग्नेछ । सबै रकम जोड्दा कामदारले शुरुमा कम्तीमा ७ हजार ६ सय ४० रुपियाँ स्वास्थ्य परीक्षणका लागि खर्च गर्नुपर्ने छ । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ ।

नेपालस्थित मलेसियन दूतावासले यसमा मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपियाँ थप हुनेछ । यो रकम परीक्षणका क्रममा कामदारले नै तिर्नेछन् । उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।

सरकारले कामदारको मृत्युदर घटाउन स्वास्थ्य परीक्षणमा मुटु लगायतको पनि जाँच गर्नुपर्ने भनेपछि शुल्क बढेको बताएको छ । तर, यो रकमको भार रोजगारदातालाई नै पर्ने भएकाले कामदारले यसबाट ठगिने अवस्था नआउने श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ ।

नेपालमा कामदारको स्वास्थ्य परीक्षणमा हुने खर्चले कामदारको लागत बढाएजस्तो देखिनएपनि मलेसिया पुगेपछि रोजगारदाताले फिर्ता गर्ने भएपछि त्यसबाट कामदारलाई खासै बोझ नहुने सरकारी पक्षको भनाइ छ । तर रोजगारदाताले उक्त रकम कामदारलाई शोध भर्ना नगरेमा के गर्ने र कामदारले कहाँ कसरी उजुरी गर्ने भन्ने अस्पष्ट रहेको बताइएको छ ।

malesiya

Advertisement

Advertisement

Advertisement