संघीय संसदको नयाँ भवनको आज शिलन्यास

Advertisement

काठमाडौं । सिंहदरबारमा निर्माण हुन लागेको संघीय संसदको नयाँ भवनको आज शिलन्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो भवनको शिलन्यास गर्न लागेका हुन् ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको बुधबार बिहान ११ः३० बजे शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

योसँगै प्रधानमन्त्री ओली करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदैछन् । गत भदौ ५ गते दोस्रो पटक उपचारका लागि सिंगापुरमा उपचार गरेर भदौ २० गते स्वदेश फर्किएका प्रधानमन्त्री लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

Advertisement

Advertisement

Advertisement