सामसङको चाडपर्व विशेष छुट योजनाः ‘सामसङ आयो, खुसी छायो’

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आउँदै गरेका चाडपर्वको उपलक्ष्यमा आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले ‘सामसङ आयो, खुसी छायो’ योजना अन्तर्गत उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।

यस छुटको साथसाथै सामसङले आफ्ना टिभिहरुमा २ वर्षको वारेन्टी (एक वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप एक वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको जनाएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रालि तथा त्रिवेणी व्यापार प्रालिका अधिराज्यभर रहेका आधिकारिक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत् यो योजना असोज एक गतेदेखि कात्तिक २९ गतेसम्म रहनेछ

Advertisement

Advertisement

Advertisement