आधा-आधा साझेदारीमा नेपाल-भारतबीच १३ रुटमा यात्रु बस सञ्चालन

Advertisement

काठमाडौं । नेपाल र भारतका विभिन्न शहरलाई सीधा सडक मार्गले जोड्न भन्दै दुई देशबीच यात्रु बस आवागमन अहिले १३ वटा रुटमा सञ्चालन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

हालै भारतको पश्चिम बंगालको सिलिगुडीबाट पूर्वी नेपालको काकडभिट्टा हुँदै काठमाडौं र काठमाडौंबाट सिलिगुडीसम्मका लागि यात्रु बस सञ्चालन हुन थालेको छ। विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार अहिलेसम्म काठमाडौं-पटना,बोधगया, महेन्द्रनगर,दिल्ली, सिलिगुडी-काकडभिट्टा-काठमाण्डू, जनकपुर-पटना, महेन्द्रनगर-देहरादून, नेपालगञ्ज-हरिद्वार, नेपालगञ्ज-लखनउ, नेपालगञ्ज-दिल्ली, काठमाडौं-गोरखपुर, काठमाडौं-दिल्ली, काठमाडौं-बनारस, पोखरा-दिल्ली र जनकपुर-अयोध्या रुटमा यात्रु बस सञ्चालन हुन थालेका छन्।

रक्सौल-काठमाडौं रेलमार्गको निर्माण लागत झन्डै तीन खर्ब रुपियाँ नेपालले भारतसँग किन्न लागेको रेलका विशेषता हिस्सा आधा-आधा नेपाल र भारतका विभिन्न स्थानबीच यात्रु बस सञ्चालनका लागि नेपाली तथा भारतीय व्यवसायीको हिस्सा आधारआधा हुने नेपाली अधिकारी बताउँछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूका अनुसार एउटा रुटमा कम्तीमा दुईवटा बस सञ्चालन हुँदा एउटा नेपाली व्यवसायीको र अर्को भारतीय व्यवसायीको हुने गरेको छ। खनालले भने, अहिलेसम्म स्वीकृत भएका रुटमा चलाउन इच्छा जाहेर गर्नेलाई हामी इजाजत दिन्छौँ। तर एउटा बस नेपालीको भयो भने अर्को भारतीयको हुनुपर्छ।

व्यवसायीको विरोध
नेपाल र भारतबीच १३ वटा सडक मार्गबाट यात्रु बस सञ्चालन भइरहँदा कतिपय नेपालका यातायात व्यवसायीले भने त्यसको विरोध गरेका छन्। सिलिगुडीबाट काठमाण्डूका लागि यात्रु बस सञ्चालन हुन थालेपछि नेपाली व्यवसायीले भारतीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै विरोध गरे।

केही दिन अघि उक्त रुटको बस सेवाको आरम्भ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले गरेका थिए।

यातायात व्यवसायी राजेन्द्र रिजालले भारतीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नेपाली व्यवसायीले नसक्ने बताए। उनले भने, भारतमा गाडी सस्ता छन्। नेपाली व्यवसायीले भारतीयसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। सीमाका बजारहरू पनि बाहिरबाट आउने मान्छेका कारण चलायमान हुने हो। सिधै गाडी चलाइदिएपछि सीमाका बजार पनि सुक्छन्।

काकडभिट्टामा चिया पसल गरेर बस्ने कुमारी गिरीले सीमा क्षेत्रका अन्य व्यवसायी पनि दुई देशका सरकारको यो निर्णयले कतै आफ्नो व्यवसाय जोखिममा पर्ने हो कि भन्ने चिन्तामा परेको बताइन्।

सीमाको झन्झटबाट मुक्ति
नेपाल र भारतका विभिन्न स्थानबीचको यात्रु बस सञ्चालनले यात्रुलाई नेपाल वा भारत पस्दा बाटोमा गाडी फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्। पूर्वी सीमाकी बासिन्दा बिनु घिमिरेले भनिन्, बाहिरबाट आउनेलाई धेरै सहज भएको छ। सीमामा कुनै झन्झट बेहोर्नु पर्दैन। गाडी फेर्नु पर्दैन।

नेपाल र भारतबीचका पौराणिक तथा धार्मिक शहरहरू र ठूला शहरहरूबीच सीधा सम्पर्क गराउने उद्देश्यले दुई देशलाई सडक मार्गले जोडेको नेपाल तथा भारतका अधिकारीहरूले बताउने गरेका छन्।

Advertisement

Advertisement

Advertisement