सेयर बजारको सुधार कायमै, धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस्

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार पनि सुधार कायमै छ । आज सेयर बजार परिसुचक नेप्से २२ दशमलव ६८ अंकले बढेर एक हजार १७३ दशमलब ७२ पार गरेको छ भने कारोबारमा पनि सामान्य सुधार भई ४७ करोड ६८ लाख रुपियाँ बराबरको किनबेच भएको छ ।

हिजो मंगलबार र आज बुधबारको सेयर बजार उछालले उनीहरुलाई केही राहत मिलेको छ । बजारमा उच्च गिरावट भइरहेको बेला लगानीकर्ताहरुको संगठनले संयुक्त विज्ञप्ति जारी गरी सरकारको, विशेषगरी अर्थमन्त्रीको गलत नीतिका कारण सेयर बजारमा ४० प्रतिशतको संकुचन आएको बताएका थिए ।

उनीहरुले समस्या समाधानका लागि वार्ता गर्न प्रधानमन्त्रीसँग समय पनि माग गरेका थिए । आज सबै समूहका सुचकहरुमा सुधार आएको छ । सेयर बजारमा जीवन बीमा, निर्जिवन बीमा, होटल समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ भने माइक्रोफाइनान्स, उत्पादनमूलक समूहको सुचक दुई प्रतिशतले बढेको छ । अन्य सबै समूहका सुचकहरुमा एक प्रतिशत माथिको सुधार आएको देखिन्छ ।

आज सबैभन्दा धेरै कारोबार गर्ने शिवम् सिमेन्टसको सेयर छ करोड २४ लाख रुपियाँ बराबरको कारोबार भयो । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिद्धार्थ बैंक रहेको छ । जसको कारोबार चार करोड ४८ लाख रुपियाँ बराबरको भएको छ । अनुपातका हिसावमा सबैभन्दा धेरै नाफा गर्नेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडी छन् भने घाटा खानेमा कर्णाली विकास बैंकका लगानीकर्ता अगाडी छन् ।

Advertisement

Advertisement

Advertisement