सिन्धुलीको कानढुङ्ग्रीमा बस दुर्घटना हुँदा २३ जना घाइते

Advertisement

सिन्धुली । बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement