चाडपर्व लक्षित ‘स्टक क्लियरेन्स मेला’ भृकुटीमण्डपमा सुरु

Advertisement

काठमाडौं । दशैंको अवसर पारेर भृकुटीण्डपमा ‘स्टक क्लियरेन्स’ मेला सुरु भएको छ । मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने यस्ता मेलाले टेवा पुर्याउने बताए । उनले भने, ‘इभेण्ट सोलुशनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आमउपभोक्तालाई सस्तो मूल्यमा एकै छानामुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो ।’

श्रेष्ठले ब्राण्डिङमा व्यवसायीलाई पनि मेलाले सहयोग पुर्याउने बताए । उनले प्रदर्शनीस्थलको सही व्यवस्थापन नहुँदा आयोजक तथा प्रदर्शकहरुले समस्या झल्नु्परिरहेको बताए । असोज २ देखि ६ गतेसम्मका लागि बुकिङ भइसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै उनले सम्झौता अनुसारको काम गरेर व्यवसायीलाई द्ुःख दिन नहुने बताए ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजकले जनाएको छ ।

भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादनसमेत राखिएको मेलामा बम्पर छुट अफरसमेत सञ्चालन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement