सनराइज बैंकले १५ प्रतिशतभन्दा बढि मुनाफा बितरण गर्ने

Advertisement

काठमाडौं । सनराइज बैंकले गएको आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलव आठ प्रतिशत मुनाफा वितरण गर्ने तयारी गरेको छ । बैंक सञ्चालक समितिले पाँच दशमलव आठ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर बितरण गर्ने निर्णय गरेको जानकारी धितोपत्र बोर्डलगायतका निकायलाई दिएको छ ।

प्रस्तावित बोनस बैंकको साधारणसभाबाट पारित तथा राष्ट्र बैंकबाट स्वीकृत भएपछि लागू हुने जनाइएको छ । सनराइज बैंकले सेयरधनीलाई एक अर्ब २८ करोड ८१ लाख रुपियाँ मुनाफा वितरणको तयारी गरेको हो । उक्त बैंकको चुक्ता पुँजी आठ अर्ब १५ करोड रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement