दुई महिनामा सरकारको पुँजीगत खर्च जम्मा १.२७ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । सरकारले आर्थिक वर्षको पहिलो दुई महिनामा ५९ अर्ब ३९ करोड २२ लाख रुपियाँ मात्रै बजेट खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारले कुल बजेटको तीन दशमलव ८७ प्रतिशत मात्रै खर्च गरेको हो ।

सरकारले चालू वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपियाँको बजेट ल्याएको थियो । जसअनुसार दुई महिनामा चालूगत खर्चतर्फ ५३ अर्ब ६६ करोड २८ लाख खर्च गरेको छ भने पूँजीगत तर्फ पाँच अर्ब १३ करोड ४१ लाख रुपियाँ र वित्त व्यवस्थापनतर्फ ५९ करोड ५३ लाख मात्र खर्च गरेको छ ।

चालुगत खर्च कुल बजेटको पाँच दशमलव ६१ प्रतिशत हो भने पूँजीगत खर्च एक दशमलव १७ प्रतिशत हो । कुल बजेटमा पूँजीगत बजेट चार खर्ब आठ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

साथै, सरकारले यस अवधिमा एक खर्ब ३८ अर्ब रुपियाँ राजश्व संकलन गरेको छ । जसमा एक खर्ब २९ अर्ब कर र नौ अर्ब ३१ करोड ९१ लाख गैरकर राजश्व रहेको छ । यो संकलन लक्ष्यको साउन र भदौमा निर्धारित लक्ष्यको १२.४८ प्रतिशत मात्रै हो ।

Advertisement

Advertisement

Advertisement