सेयर बजारमा देखिएको सुधार टिकेन, फेरि भारी गिरावट

Advertisement

काठमाडौं । पछिल्लो दुई दिन उत्साहजनक ढंगले बढेको सेयर बजारमा बिहीबार फेरि भारी गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से १८ दशमलव १२ अंकले घटेर एक हजार १५५ कायम भएको छ ।

आज झण्डै ४० लाख रुपियाँको कारोबार भयो । धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट सबैभन्दा अगाडि छ । शिवमको सेयर पाँच करोड २४ लाख रुपियाँको किनबेच भयो भने प्रभु बैंकको दुई करोड ६७ लाख रुपियाँको कारोबार भयो ।

आज धेरै नाफा गर्नेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement