नवलपरासीका सहायक वन अधिकृत ६५ हजार घूस रकम सहित पक्राउ

Advertisement

नवलपरासी । सव डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई अख्तियारको टोलीले ६५ हजार घूससहित पक्राउ गरेको हो।

उनीसँगै वन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बिहीबार दिउँसो एक बजे पक्राउ गरेको जनाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले चौधरीले वन कार्यालयमा परेको वनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घूस वापत उक्त रकम लिएको जानकारी दिए।

पक्राउ परेका चौधरी र चौहान दुवै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।

Advertisement

Advertisement

Advertisement