उन्नति लघुवित्तका लगानीकर्तालाई ४० प्रतिशत लाभांश

Advertisement

काठमाडौं । उन्नति लघुवित्त वित्तिय संस्थाका सेयरधनीले ४० प्रतिशत लाभांश् पाउने भएका छन् । कम्पनीको  १३७ औं सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३ करोड ५८ लाख ६७ हजार ५ सय २६ रुपैंयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।

सोमध्ये ३ करोड ४० लाख ७४ हजार १ सय ५० रुपैंयाँले हुन आउने ३८.६० प्रतिशत बोनस सेयर वितरण हुनेछ । २.४० प्रतिशत रकम भने कर प्रयोजनका लागि छुट्याईएको छ ।  ८ करोड ८२ लाख ७५ हजार रुपैंयाँ चुक्ता पुँजी रहेको कम्पनीले सो मात्रामा लाभांश दिने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारढण सभाबाट पारित गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement