बााणिज्य बैंकहरुको एग्रेसिभ मुभः १० अर्ब निक्षेप बढ्दा ४३ अर्ब कर्जा

Advertisement

काठमाडौं । बाणिज्य बैंकले कर्जा प्रवाहमा पुनः एग्रेसिभ मुभ लिएका छन् । निक्षेप संकलन १० अर्बले वृद्धि गरेका बाणिज्य बैंकहरुले कर्जा भने ४३ अर्बले वृद्धि गरेका छन् ।  साउन ३१ गते २८ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेका २८ वटा बाणिज्य बैंकहरुको निक्षेप भदौ २७ गते आईपुग्दा जम्मा १० अर्बले वृद्धि भएर २८ खर्ब ६५ अर्ब पुगेको छ ।

तर तिनै बैंकहरुले यो अवधीमा कर्जा भने ४३ अर्बले विस्तार गरेका छन् । ३१ साउनमा २८ बाणिज्य बैंकहरुले २५ खर्ब ७ अर्ब कर्जा लगानी गरेका थिए । भदौ २७ मा आईपुग्दा यी बैंकहरुले २५ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेको देखिन्छ ।

अझै भदौ २० देखि २७ को बीचमा बाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्बले घटेको देखिन्छ । भदौ २० गते २८ खर्ब ६६ अर्ब निक्षेप थियो भने २७ गते यो आंकडा २८ खर्ब ६५ अर्बमा झरेको हो ।

तर यो अवधीमा बैंकहरुले कर्जा भने ११ अर्बले वृद्धि गरेको देखिन्छ । भदौ २० गते २५ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले २७ गते त्यसलाई बढाएर २५ खर्ब ५० अर्ब पुर्याएका हुन् ।

Advertisement

Advertisement

Advertisement