माछापुच्छ्रे बैंकको साधारणसभा असोज २४ गते, १६ प्रतिशत लाभांश दिने प्रस्ताव

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते पोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ कवे बस्नेगरी साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न २१ औं वार्षिक साधारणसभा आब्हान गरेको हो ।

साधारण सभामा बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट ५ प्रतिशत बोनश सेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

साधारणसभाले चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने, बोनस सेयरअनुसार चुक्ता पुँजी बढाउने लगायतका प्रस्ताव समेत पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि असोज १० गतेदेखि २४ गतेसम्म बैंकले आफ्नो सेयर दाखिल खारेजको काम बन्द गर्ने भएकोले बुक क्लोज गर्ने भएकाले असोज ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement