‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारबाट प्रर्दशनमा

Advertisement

काठमाडौँ । कबड्डीको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले मल्टिप्लेक्समा आक्रामक सुरुवात गरेको छ ।

संविधान दिवसको सार्वजनिक विदा पारेर प्रदर्शनमा आएको फिल्मले लामो समयपछि दर्शकको उच्च साथ पाएको छ । ट्रेलर र गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गरेका कारण त्यसको प्रभाव बक्सअफिसमा पर्ने अनुमान गरिएको छ । फिल्मप्रति दर्शकमा देखिएको चासो र मल्टीप्लेक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बम्पर ओपनिङ गर्ने संकेत गर्छ ।

दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको दुई दिने व्यापार आक्रामक हुने संकेत देखिएको छ । आइतबारबाट भने ‘वर्ड अफ माउथ’ मा भर पर्नेछ ।

Advertisement

Advertisement

Advertisement