कुमारी बैंकले तीन अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । कुमारी बैंकले पनि तीनअर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरेको हो ।

ऋणपत्र निष्काशनको लागि बैंकले इक्रा नेपालको ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । तर, ऋणपत्र जारी गर्नको लागि बैंकले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।

बैंकको असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्रीमा ल्याएका हुन् ।

Advertisement

Advertisement

Advertisement