दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

Advertisement

काठमाडौं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमामोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँगन्तव्यसिटिसी मोबाइलहबमा चाडपर्व लक्षित अफरहरुसहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइलहबले जनाएको छ । त्यसैगरी, दोस्रो उपहार स्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपियाँदेखि २ लाख १५ हजार रुपियाँसम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिनेछ । मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निशुल्क बीमा हुनेछ भने निशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् ।

उल्लेखित अफरहरु सिटिसी मोबाइलहब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।

मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइलहबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ । अफर भित्र पनि अफर अन्तरगत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खालीन जाने अफर राखिएको मोबाइलहबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइलहब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध गराइने राईले बताए ।

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइलहब उचित गन्तव्य बन्नेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइलहबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनकोसमेत व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement