एनआईसी एसिया बैंक र लोकसेवा आयोगबीच सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र लोकसेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर बापतको राजस्व एनआईसी एसिया बैंकमार्फत संकलन गर्ने सम्झौता भएको छ ।

सो सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एसिया बैंकको देशभर रहेका २ सय ९८ कार्यालय र ७० वटा एक्स्टेन्सन काउन्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्ने भन्दै बैंकले सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोकसेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेको जनाएको छ ।

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।

Advertisement

Advertisement

Advertisement