मानपदवी थाप्ने व्यवसायीदेखि बैंकरहरु यस्ता छन्

Advertisement

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले एक दर्जनभन्दा बढि उद्योगी व्यापारीलाई मानपदवी, अलंकार र पदकबाट विभुषित गरेको छ । यस्तो सम्मान पाउनेमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणादेखि एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेसम्म छन् ।

सबैभन्दा ठूला पदवी पाउनेमा केही समयअघि हवाई दुर्घटनामा मृत्यु भएका स्वर्गीय आङछिरिङ शेर्पा छन् । उनलाई सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी प्रदान गरिएको छ । शेर्पा यति एयरलाइन्स तथा हिमालय एयरलाइन्सका सञ्चालक थिए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकार्जी श्रेष्ठलाई सुर्कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणी प्रदान गरिएको छ उद्योगपति अशोककुमार अग्रवाल, उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, आईएमईका चन्द्र ढकाललाई कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी प्रदान गरिएको छ । यातायात व्यवसायी महासंघका अध्यक्ष योेगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलालाई पनि सोही पदक प्रदान गरिएको छ ।

एनआईसी एसिया बैंकको सीईओ रोशन न्यौपानेले पनि कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी हात पारेका छन् । पदक पाउने सुचीमा सेन्चुरी बैंकका मार्केटिङ म्यानेजर रञ्जन खड्का पनि छन् । यातायात व्यवसायी पुण्यप्रसाद सिटौलाले नेपाल प्रताप सुभुषण प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाल बैंक अध्यक्ष वासुदेव अधिकारी, एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती पनि पदक पाउने सुचीमा छन् । यता कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमसहित थुप्रै सरकारी निकायका उच्च अधिकारीहरुले पनि पदक हात पारेका छन् ।

उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीले संविधान दिवसको अवसर पारेर मानपदवीहरु प्रदान गरियो । सरकारले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई महाउज्जवल प्रथम श्रेणी दिने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement