‘पद्यमोदय जुत्ता एक्सचेञ्ज मेला’मा पूरानासँग नयाँ साट्न पाइने, उपभोक्ताको आकर्षण बढ्दो

Advertisement

काठमाडौं । पुतलीसडकको पद्मोदय मोडमा जारी ‘पद्यमोदय जुत्ता एक्सचेञ्ज मेला’मा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ । चाडपर्व लक्षित यस मेलामा एक्सचेन्ज अफरका कारण पनि उपभोक्ताको आकर्षण बढेको मेला आयोजकको भनाई छ ।

नजिकिँदो दशैं, तिहार तथा छठको अवसर पारेर गएको भदौ १० गतेबाट मेला सुरु भएको हो । मेलामा पुरानो जुत्तासँग नयाँ जुत्ता एक्चेञ्ज गर्न पाइने अफर दिइएको छ । मेला आयोजक प्रमोद महतो भन्छन्, ‘अहिलेको मेलामा मानिसहरुको निकै भीड लागेको छ । उहाँहरुको उत्साहजनक उपस्थितिले हामीलाई हैसला मिलेको छ ।’

यसअघिका मेला आयोजना गर्दा उपभोक्ताहरुको निकै चासो देखिएकाले दशैं, तिहार र छटलाई लक्षित गरेर अहिले पनि मेला आयोजना गरिएको बताउँदै उनले मेलामा जुनसुकै ब्राण्डका पूराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइने छ । कम्पनीको आधिकारिक मूल्यमा २५ प्रतिशत छुट दिएर आएको मूल्यमा पूरानो एक जोर जुत्तावापत थप पाँच सय रुपियाँ थप छुट गरी कम्पनीको लागत मूल्य (म्नुफ्याक्चरिङ कष्ट)मा नयाँ जुत्ता उपलब्ध हुने भएकाले उपभोक्ता बढि पद्यमोदय मेलामा आकर्षित भएको महतोको भनाई छ ।

मेला पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोडमा आयोजना भइरहेको छ । महतोले स्वदेशी उत्पादनप्रतिश उपभोक्तलाई आकर्षित गर्न पनि आफूहरुले ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेला’ आयोजना गर्दै खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको भन्दै स्वदेशी उत्पादनको प्रयोगले स्वदेशी उद्योगको विकास र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने बताए ।

उनले जुत्ताको बजार मूल्यअनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत मूल्यमै नयाँ जुत्ता उपलब्ध गराइएको बताए । मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ डिजाइनहरु राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा छ महिनाको वारेण्टी दिइएको छ ।

पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्ने बताउँदै आयोजकले त्यसबाट उपभोक्तालाई भोलिका दिनमा मेलामा सहभागी हुन सहज हुने विश्वास लिएको छ । उनीहरुले पूराना जुत्ताहरु नफ्याक्न उपभोक्ताहरुलाई आग्रह गर्दै यसबाट नयाँ जुत्ता बनाउन सकिने, उपभोक्तालाई पनि फाइदा हुने र बाताबरण संरक्षणमा पनि सहयोग पुग्ने बताएका छन् ।

नेपाली जुत्ताप्रति उपभोक्ताको विश्वास बढ्दै जाँदा विदेशी जुत्ताको आयातमा निकै कमी आएको छ । अहिले ६० प्रतिशत बजार स्वदेशी जुत्ताले ओगटेको व्यवसायीहरुको भनाई छ । नेपाली सीप र पूँजीबाट बनेका जुत्ताहरुको बजार बढ्दै जाँदा यहाँका युवाहरुले नै रोजगारी पाउने भन्दै महतोले सरकारले स्वदेशी उद्योगको प्रोत्साहनका लागि त्यति ध्यान नदिएको गुनासो गरे ।

जुत्ता आउँदो असोज १८ गतेसम्म चल्नेछ । आफूहरुको यो स्थायी मेलास्थल भएकाले अस्थायी मेलास्थलमा जस्तो दुई चार दिनमा मेला सक्नुपर्ने बाध्यता नरहेको बताउँदै महतोले यसबाट उपभोक्ताले हतार नगरी मेलामा आएर फाइदा लिनसक्नेछन् ।

Advertisement

Advertisement

Advertisement