विज्ञ भन्छन्– अझै पनि विकास बैंकहरुलाई सरकारी कारोबारमा रोक लगाउनु गलत हो

Advertisement

काठमाडौं । विकास बैंकका सञ्चालक र सीईओहरुले बाणिज्य बैंकहरुसरह आफूहरुलाई पनि सरकारी कारोबार गर्न दिन माग गर्दै आएको बर्षौ भइसक्दा पनि त्यसलाई फुकुवा गर्न सरकारी पक्षले आनाकानी गर्दै आएको छ ।

विकास बैंकका सीईओहरुले बर्षौं पहिले केही विकास बैंकहरुमा सरकारीको केही रकम डुबेको उदाहरण दिएर अहिले पनि सरकारी कारोबार गर्न नदिनु अन्यायपूर्ण भएको बताउँदै बाणिज्य बैंकसरह काम गर्न दिन माग गरिरहेका छन् ।

बैंकिङ क्षेत्रका जानकारीहरुको भनाई पनि विकास बैंककै सीईओ र सञ्चालकहरुकै पक्षमा देखिन्छ । उनीहरु एउटै कानुनअनुसार सञ्चालन भइरहेका संस्थाहरुप्रति राष्ट्र बैंक, अर्थ मन्त्रालय, कानुन निर्माताहरुले विभेदको नजरले हेर्नु गलत भएको बताउँछन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भास्करमणि ज्ञवाली भन्छन्– बाणिज्य बैंक र विकास बैंक दुवै बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया)मार्फत सञ्चालित छन् । अधिकांश विकास बैंकहरु राष्ट्रियस्तरका भइसके र उनीहरुको पुँजी हिजोका बाणिज्य बैंकहरुको भन्दा धेरै भइसकेको अवस्थामा विकास बैंकहरुलाई सरकारी कारोबार गर्न रोक लगाइरहनु ठिक छैन् ।

बैंकहरुलाई सुधार गर्न राष्ट्र बैंकसँग अनेक उपायहरु रहेकाले सरकारी पैसा विकास बैंकमा डुब्छ कि भनेर डराइरहनुपर्ने अवस्था अब छैन भन्दै उनले जति बेला केही विकास बैंकमा समस्या आयो, त्यतिबेला बाणिज्य बैंकहरुको अवस्था पनि कमजोर नै रहेको, तर अब कुनै पनि बैंकहरु हिजोको स्थितिमा नरहेको बताए ।

विज्ञ विज्ञ अनलराज भट्टराईले पनि विकास बैंकहरु धेरै सबल र सक्षम भएर आइसकेको अवस्थामा सरकारले उनीहरुलाई शंका गर्न नहुने बताउँछन् । उनले बरु एकै पटक बाणिज्य बैंकसरह सरकारी कारोबार गर्न दिन शंका लाग्छ भनेर सीमा तोकेर कारोबार खोल्नुपर्ने बताउँछन् ।

भट्टराईले भने– अर्को पनि के भने जहाँ बाणिज्य बैंकको उपस्थितति छैन्, त्यहाँ विकास बैंकहरुलाई सरकारी निकायहरुको कारोबार गर्न दिनसक्छ । आखिर सरकार सबैको हो । विकास बैंक पनि जनताकै लगानी भएको संस्था हो । परिस्थिति पनि हिजोको जस्तो छैन् । विकास बैंकहरु पनि नियामनमा चल्दै आएका छन् ।

नेपाल डेभलपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष गोविन्द ढकालले सरकारले विश्वास नगर्दा पनि जनतालाई विश्वासमा लिएर विकास बैंकहरु अघि बढिरहेको र दुरदराजमा पुगेर वित्तीय बाणिज्य बैंकहरुले भन्दा सहज ढंगले वित्तीय सेवा दिँदै आएको बताउँदै हरेक हरेक इण्डिकेटरबाट सबल रहेका विकास बैंकहरुलाई फरक व्यवहार गर्नु न्यायोचित नभएको बताए ।

उनले विकास बैंकहरु न्यून आयस्तरका जनताको रोजाईको बैंक बन्द सफल भएको बताउँदै यस्ता जनताको हितका लागि पनि विकास बैंकहरुलाई प्रवद्र्धन गर्नु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement