छिटो, सुरक्षित र कम शुल्कमा भुक्तानी सेवा दिन मनिग्राम अग्रसर छः सुकेश

Advertisement

भारतमा आधारित रहेर विश्वव्यापीरुपमा भुक्तानी सेवा प्रवाह गर्दै आएको ‘मनिग्राम इन्टरनेशनल’ले नेपालमा पनि आफ्नो उपस्थति बढाउन विशेष अफर ल्याएको छ । विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै मनिग्रामले डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाएको छ । यसै सन्दर्भमा मनिग्रामका भारतीय उपमहाद्धीप, इण्डो चाइना र मलेसियाका लागि क्षेत्रीय उपप्रमुख शेसागिरी (सुकेश मालियाहसँग गरिएको कुराकानीको सार प्रस्तुत छः

मनिग्रामका बारेमा धेरै नेपाली अनविज्ञ हुनुहुन्छ । उहाँहरुलाई बताइदिनुन न के हो मनिग्राम ?
मनिग्राम भनेको विश्व्यापीरुपमा पैसा पठाउन र पाउन सहयोग गर्ने माध्यम हो । यो अमेरिकामा सुचीकृत कम्पनी हो । प्राचिन समयमा जसरी टेलिग्राम सञ्चारको माध्यम थियो, त्यस्तै अहिले छिटो पैसा पठाउने माध्यमको रुपमा मनिग्राम परिचित छ । यसको सय बर्ष पूरानो इतिहास छ । मनिग्राम अहिले ग्राहक केन्द्रित व्यवसाय विस्तारमा छ । सोही क्रममा हामी नेपालमा पनि आफ्नो उपस्थिति बढाउन खोजिरहेका छौं । हामी फरक ढंगबाट अघि बढ्ने प्रयास गरिरहेका छौं । रकम भुक्तानीका लागि डिजिटल सेवा दिने बजारमा खोजीमा छौं ।

नेपाललाई किन रोज्नुभयो ?
नेपालमा पनि एउटा ठूलो बजार हो । किनभने नेपालबाट काम र अध्ययनका लागि बाहिर जानेको संख्या ठूलो रहेको हामीले पाएका छौं । मनिग्रामबाट उहाँहरुले अनलाइनमार्फत नै रकम पठाउन र पाउन सक्नुहुन्छ । जसअनुसार हामीले २८ वटा मुलुकमा सेवा विस्तारका लागि काम गरिरहेका छौं अहिले । पछि विश्वभर फैलाउने योजना छ । एसिया प्रशान्त क्षेत्रमा सेवा सुरु गरेको एक बर्ष मात्रै भएको छ । भर्खरै अष्ट्रेलियामा सुरु भएको छ । न्युजिल्याण्डमा पनि सुरु गर्ने तयारीमा छौं ।

अहिले त हरेक क्षेत्रमा अनलाइन सेवा सुरु भइसकेको छ । यसले मात्रै तपाईंहरुको बजार विस्तार हुन्छ र ?
डिजिटल सेवासँगै अब हाम्रो लक्ष्य भनेको ग्राहकहरुलाई हाम्रो सेवा सुविधाका बारेमा जानकारी गराउने कार्यक्रम पनि छ । सोही क्रममा अहिले हामी नेपालमा छौं । हामी उहाँहरुलाई सचेतना गराउने काम गरिरहेका छौं । हामीले सञ्चालन गरेको ‘डबल ह्याप्पीनेश’ योजना पनि त्यसको उदाहरण हो । यो योजनाले ग्राहकहरुलाई दोब्बर रकम प्राप्त गर्ने अवसर प्रदान गर्छ । हामी यसलाई निरन्तरता पनि दिन्छौं । अरु पनि कार्यक्रमहरु विस्तारै ल्याउँछौं ताकी नेपाली उपभोक्ता र मनिग्रामको सम्वन्ध अझ मजबुत होस् । हामी नेपालमा रहेका र नेपाल बाहिर रहेका प्रियजनहरुलाई रकम पठाउन महत्वपूर्ण सहयोग गर्न पाएकोमा खुशी पनि छौं । अब मनिग्रामको नयाँ डबल ह्याप्पीनेश योजना नाभेम्बरसम्म चल्नेछ । यस योजनाले नेपाली उपभोक्ताहरुमा धेरै उत्साह प्रदान गर्ने हामीलाई विश्वास पनि छ ।
मनिग्राम नै किन रोज्ने उपभोक्ताले ? के छ यसको खास विशेषता ?
यो एउटा सरल, छिटो र विश्वासिलो माध्यम हो पैसा पाउने । हाम्रो एजेन्टमार्फत रकम प्राप्त गर्ने सबै ग्राहकहरु खुशी हुनुहुन्छ । यसलाई डिजिटल माध्यमबाट अझै छिटो र सहज बनाइरहेका छौं । अनौपचारिक माध्यमबाट पैसा पठाउन बाध्य मानिसहरुको लागि यो उपयुक्त समाधान हो । हामीले देख्दै आएका छौं एकै व्यक्तिमार्फत धेरै रकम पठाउने, हुण्डीमार्फत पठाउने असुरक्षित माध्यमहरु प्रयोग हुँदै आएको छ । नेपालीहरु पनि त्यो बाध्यतामा रहेको सुनेका छौं । अब उहाँहरुले मनिग्राम र यसका एजेन्टहरुमार्फत कुनै पनि समस्याबिना सहजै आफ्नो आफन्तहरुलाई रकम पठाउन र पाउन सक्नुहुन्छ । त्यसमाथि अझै हामीले रकम पठाउने शुल्कमा पनि मूल्यांकन गर्ने सोच बनाएका छौं ताकी सबै खालका मानिसहरुले हाम्रो सेवा प्रयोग गर्न सकुन् । त्यसका लागि पनि हामीले सचेतनाको कामहरु गरिरहेको हो ।

शुल्क घटाउनुभयो भने कति घटाउनुहुन्छ ?
तुलनात्मकरुपमा अरु सेवा प्रदायकभन्दा हाम्रो सस्तो हुन्छ । जस्तो अष्ट्रेलियाबाट अनलाइनमार्फत रकम यहा पठाइयो भने एक अष्ट्रेलियन डलर मात्रै शुल्क लिइरहेका छौं जुन साह्रै न्यून रकम हो । अनलाइनमार्फत रकम पठाउन इच्छा भएन भने हाम्रो सेभेन इलेभन सेवा प्रयोग गर्दा पनि हुन्छ जुन २४सै घण्टा सञ्चालन भइरहेको हुन्छ । एक पटक मनिग्रामबाट सेवा लिइसकेको ग्राहकले अन्त जाँदैन । त्यति सहज र छिटो हाम्रो सेवा छ ।

खासगरी नेपालीहरु खाडी, मलेसिया र मध्यपूर्वका मुलुकहरुमा काम गर्छन । उनीहरुका लागि कसरी सेवा दिनुहुन्छ ?
हो । नेपालले वैदेशिक रोजगारीका लागि भनेर ३५ लाख भिसा जारी गरेको देखिन्छ । उहाँहरु यहाँ समस्या भएर नै बाहिर काम गर्न जानुभएको हो । उहाँको परिवारहरुलाई पैसाको महत्व छ । अहिले हरेक क्षेत्रमा डिजिटल सेवाको प्रयोग बढिरहेको पनि छ । अधिकांश मानिसहरुसँग हातमा स्मार्ट फोनहरु रहेकाले उहाँहरुले आफ्नै बैंक खाता वा मोवाइल वालेटमा पैसा सजिलै प्राप्त गर्न सक्नुहुन्छ । ती मुलुकहरुमा हामीले त्यहाँका बैंकहरुसँग साझेदारी गरिसकेका छौं । जो सुकैले पनि आफ्नो बैंक खातामा रहेको पैसा डिजिटल माध्यमबाट सजिलै जठाउनस सक्ने अवस्था छ । हामीले पठाएको रकम कम शुल्कमा, सुरक्षित र छिटो पाउनुपर्छ भन्ने माध्यता हो । यो सुविधाबाट काम गर्न जानुभएका हरेक नेपालीले लाभ लिनसक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

Advertisement

Advertisement

Advertisement