निजगढ र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौतीका मारमा स्थानीयवासी

Advertisement

निजगढ । नेपाल विद्युत् प्राधिकरणको निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाका कर्मचारीको लापरवाहीका कारण अनियमित विद्युत् कटौती हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । निजगढ शाखा र चन्द्रपुर शाखाले सूचनाबिनै घण्टौँसम्म विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् ।

चन्द्रपुर सबस्टेशन शाखा तथा निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाले मिनेटमिनेटमा विद्युत् प्रसारण लाइन काटेर सर्वसाधारणका घरमा रहेका विद्युतीय उपकरण बिग्रन थालेका छन् । कर्मचारीको लापरवाहीका कारण निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाबाट वितरण गरिने विद्युत् प्रसारण लाइनमा पटकपटक समस्या आउँदा आफूहरु पीडित भएको स्थानीयको गुनासो छ । छिनछिनमा विद्युत् आउने जाने गर्दा घरमा रहेको इलेक्ट्रोनिक उपकरण दिनदिनै बिग्रन थालेको स्थानीयको भनाइ छ ।

निजगढ वितरण शाखा र चन्द्रपुर वितरण शाखाको लापरवाहीका कारण यस क्षेत्रमा रहेका विद्युतीय व्यापार व्यवसाय तथा सञ्चारमाध्यममा समेत त्यसको प्रत्यक्ष असर परेको छ । लामो समयसम्म पनि विद्युत् सेवा विस्तार अनियमितरुपमा अवरुद्ध हुँदा यस क्षेत्रका सञ्चारमाध्यमका साथै इलेक्ट्रिक पसल त्यसको प्रत्यक्ष मारमा परेका छन् । आफूहरुलाई मन लाग्दा लाइन दिने मन नलाग्दा लाइन काट्ने गरेका कारण आफूहरु अनियमित विद्युत् कटौतीको मारमा परेको निजगढका इलेक्ट्रिक तथा मोबाइल पसल सञ्चालकको गुनासो छ ।

चन्द्रपुर सवस्टेशन शाखाले बारा, रौतहट र सर्लाहीमा विद्युत् सेवा विस्तार गरिरहेको छ । ट्रान्सफर्मरका कारण विद्युत् सेवा विस्तारमा समस्या आएको चन्द्रपुर सबस्टेशन शाखाका सविता चौधरीले बताउनुभयो । वितरण शाखाले सबस्टेशनलाई र सबस्टेशनले वितरण शाखालाई आरोपप्रत्यारोप लागाउने र विद्युत् सेवा विस्तारमा अनियमित गर्ने गरेका कारण बारा, रौतहट र सर्लाहीका स्थानीयवासिन्दा मारमा परेका हुन् ।

Advertisement

Advertisement

Advertisement