सिटिजन्स बैंकको नशारहित समाज नेपाललाई एक लाख आर्थिक सहयोग

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई एक लाख एक हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।

सिटिजन्सले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement