जनता बैंकका सेयरधनीलाई ९६ करोड लाभांश

Advertisement

काठमाडौं । जनता बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४८ करोड बराबरको ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत अर्थात् ४८ करोड नै नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको २९१औं असोज ५ गते बसेको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

बैंकले आव २०७५।०७६ मा एक अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ रुपियाँ खुद मुनाफा आर्जन गरेकोमा सो मध्येबाट मिति २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपियाँको १२ प्रतिशतले हुन आउने ९६ करोड ९४ हजार ३१० रुपियाँ ९४ पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो।

हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपियाँ चुक्ता पूँजी रहेको जनता बैंकको प्रस्तावित लाभांश वितरण पश्चात ८ अर्ब ४८ करोड रुपियाँ चुक्ता पूँजी पुग्नेछ ।

 

Advertisement

Advertisement

Advertisement