नेशनल लाइफको ‘चेयरपर्शन क्लब समारोहमा १३७ अभिकर्ता सम्मानित

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन ‘चेयरपर्शन क्लब’ समारोह काठमाडौंमा आईतवार सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुकभरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरियो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तीय एवम् संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष २७ अरब  रुपियाँभन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको दुई अरबलाई पार गरेर हाल रु।३ अरब पुगेको अवगत गराइन् ।

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः चार लाख लाख, तीन लाख र दुई लाख रुपियाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितीय एवम् तृतिय हुनेलाई क्रमशः २.५० लाख रुपियाँ , दुई लाख रुपियाँ र एक लाख रुपियाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसैगरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि मित्र राष्ट्र भारतवाट आएका प्रशिक्षक टिएस मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement