साढे १८ हजारले लिए सहुलियतपूर्ण कर्जा, प्रमाणपत्र धितोमा राखेर लिने कति ?

Advertisement

काठमाडौं । हालसम्म १८ हजार ६ सय ५३ जनाले सहुलियतपुर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्त अवधीमा सो संख्यामा सहुलियतपुर्ण कर्जा प्रवाह भएको हो । सोमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १७,३२५ जना ऋणीले ३४ अर्ब २६
करोड कर्जा लिएका छन् ।

त्यसैगरी, अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये १३२८ जना ऋणीको ८० करोड ३४ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल १ अर्ब ६३ करोड ब्याज अनुदान प्रदान गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिनेहरुको संख्या भने नेपाल राष्ट्र बैंकले खुलाएको छैन् ।

तर दर्जन भन्दा कमले मात्रै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिएको नेपाल राष्ट्र बैंकले बताउँदै आएको छ । बैंक तथा वित्तिय संस्थाहरुले सहुलियतपुर्ण कर्जा वितरणमा अटेर गरेपछि संख्या तोक्ने तयारीमा सरकाी जुटेको छ ।

Advertisement

Advertisement

Advertisement