कृषि विकास बैंकको पासवर्ड चोरेर तीन करोडभन्दा बढि चोरी, नौ जना पक्राउ (अपडेट)

Advertisement

काठमाडौं । कृषि विकास बैंकको सिस्टमको पासवर्ड चोरी तीन करोड रुपियाँभन्दा बढि रकम लुटिएको छ । बैंकको सिरहास्थित लहान शाखाबाट उक्त रकम चोरिएको हो । प्रहरीले यसअघि बैंकको सिस्टम ह्याक गरी रकम लुकिएको भने पनि बैंककै अधिकारीहरुले भने सिस्टमको पासवर्ड चोरी गरी रकम चोरिएको जानकारी दिएका छन् ।

बैंककै एक उच्च अधिकारी प्रताप सुवेदीका अनुसार कृषि विकास बैंकको सिस्टम धेरै सुरक्षित गरेको र ह्याक नभएको बताउँदै कर्मचारीकै मेलेमतो वा कमजोरीमा पासवर्ड प्रयोग गरेर कम चोरी गरिएको बताए । उनले बैंकका सम्वद्ध कर्मचारीसहित नौ जना पक्राउ परिसकेको र प्रहरीले यस विषयमा छनविन गरिरहेको जानकारी दिए ।

प्रहरीले सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङ, पुष्पराज खड्कालाई पक्राउ गरेको छ । यस विषयमा संभवतः बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले थप जानकारी दिने छ ।

Advertisement

Advertisement

Advertisement