अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । सन २०२० हुने राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने गरि युक्रेनका राष्ट्रपतिसँग धम्कीपूर्ण सम्वाद गरेको आरोपमा ट्रम्प विरुद्ध महाअभियोग लगाउन थालिएको हो ।

अमेरिकाको तल्लो सदनका सभामुख नेन्सी पलोसीले ट्रम्प विरुद्ध महाअभियोग दर्ता गर्ने प्रक्रिया आरम्भ भएको बताइन् । तल्लो सदनमा डेमोक्र्याट्सहरुको बहुमत रहेको छ । माथिल्लो सदन सिनेटमा भने रिपब्लिकनहरुको वर्चश्व छ । ट्रम्पले युक्रेनी राष्ट्रपति ब्लोदिमिर जेलेस्कीलाई जो वाइडन र उनका छोरा विरुद्ध भ्रष्टाचार मुद्धा लगाउन दबाव दिएको आरोप लागेको छ ।

अमेरिकाका पुर्व उप राष्ट्रपति वाइडन आगामी निर्वाचनमा ट्रम्पका विरुद्ध डेमोक्र्याटिक पार्टीका तर्फबाट सम्भावित प्रतिष्पर्धी हुन् । ट्रम्पलाई कडा टक्कर दिन सक्ने आंकलन गरिएका वाइडनलाई रोक्न ट्रम्पले युक्रेनी राष्ट्रपति मार्फत भ्रष्टाचार मुद्धा दायर गराउन दबाव दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement