सनराइज बैंकले वार्षिक उत्सवको अवसरमा आयोजना गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकले असोज २ गते पेप्सीकोला र असोज ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो । त्यसैगरी बैंकले असोज १० देखि १५ गतेसम्म बिर्तामोड, मिरचैंया, नेपालगञ्ज, सुर्खेत र लम्कीलगायत देशभर विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ ।

बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement