सेयर बजार घट्ने क्रम आज पनि जारी, कारोबार रकम पनि दयनीय स्थितिमा

Advertisement

काठमाडौं । सेयर बजारमा जारी गिरावट बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव ०३ अंकले घटेर एक हजार १३१ दशमलव ५३ कायम भयो भने कारोबार रकम घटेर १६ करोड लाख ६९ लाख २१ हजार रुपियाँमा सीमित रह्यो ।

आज धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । जसको कारोबार ८६ लाख ५६ हजार रुपियाँ बराबरको भएको छ । त्यसैगरी दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार ८३ लाख २४ हजार रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स र अन्य बाहेकका सबै समूहका सचकहरु राताम्मे देखिएका छन् । त्यस्तै, राताम्मे हुनेमा म्युचल फण्डमा एक प्रतिशतको गिरावट आएको छ भने अन्य सबै समूहको सुचकहरुमा एक प्रतिशतभन्दा कमले गिरावट आएको देखिन्छ ।

आज धेरै नाफा गर्नेमा खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा तिनाउ मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement