बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल निर्दोष

Advertisement

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल निर्दोष सावित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अध्ययन तथा छलफलपछि पुर्व प्रधानमन्त्री नेपालको बालुवाटार जग्गा प्रकरणमा कुनै कमजोरी नभएको निष्कर्ष निकालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख जीवन कुमार घिमिरेले बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नताबारे लामो अध्ययन गरेका थिए । केपी ओली निकट भनेर चिनिने प्रमुख आयुक्त घिमिरे आयोग र केहि अन्य वकिलहरुसँग पनि परामर्श गरेका थिए ।

नेपाल नेतृत्वको मन्त्रिपरिषदले बालुवाटार विस्तार सम्बन्धी निर्णय गर्नु भन्दा पहिले नै नक्कली मोही खडा गरि जग्गाको श्रेस्ता समेत तयार पारिसकिएको तथ्य फेला परेको र जग्गा दलालहरुसँग नेता नेपालको कुनै सम्बन्ध नदेखिएपछि नेपालको निर्दाेषिता प्रमाणित भएको हो ।

पुर्व प्रधानमन्त्री नेपाललाई विवादमा ल्याउने षडयन्त्र स्वरुप बालुवाटार जग्गा काण्डमा मुछेर प्रतिवेदन तयार पारिएको थियो । नेता नेपाल आफैंले बालुवाटार जग्गा प्रकरण सम्बन्धी सबै निर्णयहरुको छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताउँदै आएका थिए ।

उनले ललिता निवास अर्थात बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नभएको दावी समेत गर्दै आएका थिए । गलत काम नगर्ने भनेर पार्टी तथा जनताकाबीच परिचित नेता नेपाललाई बिरोधीहरुले बालुवाटार जग्गा प्रकरणमा मुछ्ने असफल प्रयास गरेका थिए ।-नागरिक दैनिकबाट 

Advertisement

Advertisement

Advertisement