सुजुकीको अत्याधुनिक सर्भिस सेन्टर अब डल्लुमा

Advertisement

काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको डल्लुमा आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामुहिक रुपमा गरेका हुन् ।

हालै संचालनमा ल्याइएको सर्भिस सेन्टर २३३३८१.५२ स्क्वायर फिटको क्षेत्रमा फैलिएको छ । यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा दुई वटा एक्सप्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् । सुजुकीको डाइग्नोस्टिक टुल्सद्धारा सुसज्जित गरिएको यस सेन्टरमा थ्रीडी ह्वील अलाइनमेन्ट सिस्टम, अटो ब्रेक ब्लिडर, सेन्ट्रलाइज्ड लुब्रिकेन्ट सिस्टम, फ्युल इन्जेक्टर क्लिनर्स, एयर कन्डिसन, रिफिलिङ, लिकेज डिटेक्टर, कम्प्रेसर टेस्टिङ सिस्टम, ह्वीलर ब्यालेन्सर, डिजिटल प्रेसर, गज, इक्नो टेस्टर फर माइलेज चेक, रिफ्रयाक्ट्रोमिटर, आइल प्रेसर गन तथा सुजुकीको गाइडलाइन अनुससारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएको कम्पनीले जनाउको छ ।

बिक्रि पछिको सहज एवम् गुणस्तिरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङको जानकारी प्रदान गरी पोष्ट सर्भिस क्वालिटी चेकसमेत गर्नेछ ।

कम्पनीले पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानकोसमेत सुविधा उपलब्ध गराएको जनाएको छ । बिजनेस युनिट प्रमुखले भने–‘ग्राहकको सन्तुष्टि नै प्रमुख सेवाको रुपमा लिएको हुँदा हामीले सुजुकी गाडिहरुको गुणस्तरीय सर्भिसिङको लागि लगानी गरेका छौँ । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्वाइन्टको स्थापन गर्ने उद्देश्यसहित डल्लुमा सेन्टर स्थापना गरिएको हो ।’

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी सर्टिफाइड पार्टस आउटलेटहरु रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement