एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न, ११ प्रतिशत नगद लाभांश पारित

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलले तेश्रो वार्षिक साधारण सभामा गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बुधबार सम्पन्न सभाले चुक्ता पूँजीको ११ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५।०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ११ प्रतिशतका(कर सहित) दरले हुन आउने दुई करोड बीस लाख रुपियाा नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement