एटिएम बुथहरुमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक एटिएम बुथहरुमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई एटिएम बुथहरुमा सुरक्षा गार्ड अनिवार्य गरेको हो । एटिएम बुथहरु ह्याकरको निसानामा पर्न थालेपछि सुरक्षा गार्ड अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म बैंकका शाखाहरुमा मात्रै सुरक्षा गार्ड अनिवार्य थियो । एटिएम बुथहरुमा भने सिसी टिभी मात्रै जडान गरिँदै आईएको छ । बैंक तथा वित्तिय संस्थाहरुको ३ हजार ३ सय १६ वटा एटिएम बुथ सञ्चालनमा छन् । यी सबैमा २४ सै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्थाले बैंक तथा वित्तिय संस्थाहरुको सञ्चालन खर्चमा भने वृद्धि हुनेछ ।

Advertisement

Advertisement

Advertisement