मार्जिन कारोबार तत्काल संचालनमा ल्याउन ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सेवा तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। आवश्यक पूर्वाधार व्यवस्था भइसकेको अवस्थामा अनुमति पाएका ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारको सुविधा कार्यान्वयनमा नल्याएपछि नेप्सेले यस्तो निर्देशन दिएको हो ।

नेप्सेले यथाशीघ्र मार्जिन कारोबार सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । हाल नेपाल स्टक एक्सचेञ्जबाट २१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारको लागि अनुमति पाएका छन् ।

यसअघि नियामक नेपाल धितोपत्र बोर्डले पनि आवश्यक सबै पूर्वाधार तयार भइसक्दा पनि किन मार्जिन कारोबार सुरु हुन नसकेको भन्दै तत्काल यो सेवा सुरु गराउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले दोस्रो बजारमा तरलता अभिवृद्धि तथा धितोपत्र व्यवसायीको दायरा विस्तार गर्ने क्रममा २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो।

Nepal-stock

Advertisement

Advertisement

Advertisement