‘फोन पे’मा मर्चेन्टको संख्या ५० हजार, ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर

Advertisement

काठमाडौं । अग्रणी भुक्तानी सेवा प्रदायक ‘फोन–पे’ ५० हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक ५० हजारभन्दा धेरै कारोबार हुने गरेको जनाइएको छ ।

फोन पे नटेवर्क, बैंक, ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । यसले नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पेले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्कमार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई सशक्त गरेको दावी पनि गरेको छ ।

पचास हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रालिले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर्गत हरेक दिन १० जना मर्चेन्टले रू १०००, दुई जना मर्चेन्टले पाँच हजार, एक जना मर्चेन्टलले १० हजार रुपियाँ प्राप्त गर्न सक्नेछन् ।

यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एक जना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपियाँ प्राप्त गर्ने जनाइएको छ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्वीकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइने फोन पे प्रालिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement