बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

Advertisement

बैतडी । बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिएका छन्।

जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन् । दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । योसँगै बैतडीका छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेङ्गु देखिएको हो । यस्तै बैतडीका २४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ ।

दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रबटाइफस परीक्षण कीट उपलब्ध गराएको छ । देशैभरि उक्त रोगका बिरामी फेला परेकाले रोग परीक्षणमा सहयोग पु¥याउन २५ वटा कीट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

यसअघि नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेङ्गु परीक्षण कीट उपलब्ध गराएको थियो । नगरपालिकाले स्क्रबटाइफस र डेङ्गुबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement