नरेन्द्र मोदीले बोली फेरेः भारतले वुद्ध दिएको दावी

Advertisement

काठमाडौं । नेपाल आउँदा वुद्ध नेपालमा जन्मिएको भन्ने तर ठुला अन्तराष्ट्रिय फोरमहरुमा वुद्ध भारतमै जन्मिएको दावी पेश गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा फेरी त्यस्तै दावी गरेका छन् ।

महासभालाई सम्बोधन गर्दै मोदीले भारतले संसारलार्य गौतम वुद्ध दिएको दावी गरेका हुन् । उनले भारत शान्तिप्रेमी देश भएकाले उसले संसारलाई युद्ध नभएर वुद्ध दिएको भन्दै पुनः विवादित अभिव्यक्ति दिएका हुन् ।

मोदीले नेपाल भ्रमणमा आउँदा भने वुद्ध नेपालमै जन्मिएको बताएका थिए । तर उनी जब जब संसारका ठुला फोरमहरुमा पुग्छन तब भने वुद्धमाथी पुनः राजनीति गर्छन् । जुन यसपाली संयुक्त राष्ट्र संघको महासभामा पुनः देखिएको छ ।

Advertisement

Advertisement

Advertisement