एनसीसी बैंकले शिवपुरी माध्यमिक विधालयलाई चार लाख सहयोग

Advertisement

काठमाडौं । एनसीसी बैंकले प्रदेश नं.३ काठमाण्डौँ जिल्लाको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई असोज १० गते  चार लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विद्यालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि सामग्रीको व्यवस्थापन गर्नको निम्ति सहयोग गरिएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका छन् ।

Advertisement

Advertisement

Advertisement