पल्पाबाट बुटवल आउँदै गरेको बसमाथि ढुंगा खस्यो, पाँच जना घाइते

Advertisement

पाल्पा । गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा शनिबार दिउँसो चालकसहित पाँच जना घाइते भएका छन् ।

पाल्पा–बुटवल सडकको तिनाउँ गाँउपालिका–३ हेडबक्समा २० जना सवार लु १ ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाबाट बुटवल जाँदै गरेको बसमा ढुङ्गाले लाग्दा तिलोत्तमा नगरपालिका–४ का ३५ वर्षीय चालक कमल राउत, बसमा सवार वालिङ्ग नगरपालिका १४ कि ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु र तिनाउँ–६ पाल्पाका ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी गाँउपालिका–५ का २३ वर्षीइ संतास चौहान घाइते भएका हुन् ।

घाइतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement