हिमालय एयरलाइन्सको नयाँ ब्राण्ड लोगो सार्वजनिक, नयाँ रणनीति पनि तयार

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा एयरलाइन्सका अध्यक्ष झो एन्योङले नयाँ लोगो सार्वजनिक गरे ।

चुचुरोमा उड्दै गरेको चीलअंकित नयाँ लोगोसँगै कम्पनीले नयाँ रणनीतिक योजना पनि सार्वजनिक गरेको छ । कम्पनीकी ब्राण्ड तथा सर्भिस भिाग प्रमुख उज्ज्वला दलीले हिमालय एयरलाइन्सको निर्देशित सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत रहेको बताइन् । उनले आफूहरुले गरिरहेको यिनै प्रयासमा आधारित भएर नयाँ ब्राण्ड लोगो परिवर्तन गरिएको बताइन् ।

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले तीन वटा ए३२० जहाजमार्फत विभिन्न पाँच गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ । पछिल्लो पटक उसले ढाकामा पनि उडान सुरु गरेको छ ।

कार्यक्रममा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पाँच बर्षको अन्तरालमा आफूहरुले सुरक्षा र विश्वासनियता निकै हासिल गर्न सफल भएको दावी गरे । ब्राण्डलाई नयाँपन दिने सोच संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै देखा परेको भन्दै रणनीतिक योजनाअन्तर्गत आफूहरुले नयाँ लोगो स्वीकार गरेको बताए ।

Advertisement

Advertisement

Advertisement